‘छक्का पञ्जा’ले १ महिनामा गरेको व्यापार ‘…२’ ले एक सातामै गर्यो

सर्वाधिक ग्रसर फिल्म ‘छक्का पञ्जा’ले एक महिनामा गरेको व्यापार यसको सिक्वेलले एक सातामै गरेको छ । दशैंको अवसर पारी फूलपातीदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले एक साता अर्थात् सात दिनमा आठ करोडको ग्रस कलेक्सन सफल भएको हो । अघिल्लो फिल्मले एक महिनामा ८ करोडको व्यापार गरेको थियो ।

यही रफ्तारमा व्यापार भएमा ‘छक्का पञ्जा २’ ले दुई सातामै ‘छक्का पञ्जा’को व्यापारिक रेकर्ड तोड्ने आँकलन गरिएको छ । प्रदर्शनको एक सय दिन पुरा गरेको ‘छक्का पञ्जा’ले १७ करोडको ग्रस व्यापार गरेको थियो । दिपाश्री निरौला निर्देशित दोश्रो फिल्मले प्रदर्शनको पहिलो दिनमै डेढ करोडको व्यापार गरेर नयाँ रेकर्ड कायम गरिसकेको छ । दिपक र दिपाश्रीको निर्माण रहेको फिल्ममा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘छक्का पञ्जा २ को दर्शक प्रतिक्रिया हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha