करिश्माले थालिन् दक्षिणा उठाउन, आखिर किन ?

तपाईंले दशैंमा दक्षिणा पाउनु भयो ? पक्कै पनि पाउनु भयो होला । यदि तपाईंले दशैंमा टन्नै दक्षिणा पाउनु भएको छ भने केही भाग समाज सेवामा पनि लगाउनुस् । सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले दशैंको दक्षिणा जम्मा गरेर शैक्षिक सेवामा लगाउने अभियान सुरु गरेकी छिन्, परिवर्तनका लागि परिवर्तन ।


करिश्मा ग्रामिण भेगका विद्यालय स्तार उन्नतीका लागि दशैंको दक्षिणा संकलन अभियानमा जुटेकी हुन् । सामाजिक सञ्जाल फेसबुकबाट करिश्माले यस प्रकारको अभियान सुरु गरेकी छिन् । सकारात्मक कार्यका लागि केही रकम संकलन अभियान थालेकी करिश्माले फेसबुकमा लेखेकी छिन, ‘यो एउटा अभियान सुरु गर्ने कोशिस गरिरहेको छु, आफ्नो दक्षिणाबाट । हरेकले दक्षिणा दिनु पर्छ भन्ने छैन तर दिनेले थोरै दिएपनि दिए पुग्छ । देश विकासको लागि साक्षरता जरुरी छ । परिवर्तनका लागि परिवर्तन ।’ करिश्मा आफैं पनि हाल विद्यालय गएर अध्ययन गरिरहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha