एकै स्टेजमा अंकित तिवारी र ‘रोमियो’ टिमको प्रस्तुती

बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्युजिक भिडियो प्रमोशनका क्रममा नेपाल आउने भएका छन् । उनी २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टका लागि नेपाल आउन लागेका हुन् । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुदैछ । उक्त मैदानमा फिल्म ‘रोमियो’ का कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।


अंकितले एक भिडियो सन्देश मार्फत आफु आफ्नो नयाँ म्युजिक भिडियो ‘तुम हर दफाको प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् । यो कार्यक्रममा नेपाली फिल्म ‘रोमियो’ ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा ‘रोमियो’ को नाम लिदैं आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र ‘रोमियो’ का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । फिल्ममा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बन’ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha