‘डमरुको डन्डीबियो’ खेल्दै गुरु-चेला

नाटकका गुरु-चेला अनुप बराल र खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहने गरी फिल्म ‘डमरुको डन्डीबियो’ बन्ने भएको छ । स्क्रिप्ट राईटर छेतेन गुरुङको डेव्यु निर्देशन रहने फिल्ममा अनुप र खगेन्द्र ‘बधशाला’ पछि दोश्रो पटक सँगै स्क्रिन सेयर गर्न लागेका हुन् ।

‘गुरु-चेला सँगै फिल्म गर्दा रमाईलो हुन्छ’, शुक्रबार आयोजित प्रेसमिटमा अभिनेता बरालले भने, ‘हामी एक अर्कामा सहयोग र सहकार्य पनि गर्छौं ।’ यता आफ्नै लेखन र निर्माण रहेका फिल्ममा मात्रै अभिनय गर्दै आइरहेका खगेन्द्र पहिलो पटक बाहिरी ब्यानरको ‘डमरुको डन्डीबियो’ मा अभिनय गर्दैछन् । ‘अब आफ्नैमा मात्रै खेल्यो भन्ने आरोप हट्यो’, खगेन्द्रले छोटकरीमा भने । पारिवारिक कथामा आधारित फिल्ममा अनुप र खगेन्द्रसँगै मेनुका प्रधान, मिश्री थापा, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ ।

निर्देशक छेतन र अभिनेता खगेन्द्र दुवैको कथा रहेको फिल्ममा सुमी श्रेष्ठ घले र विनोद गुरुङको संयुत्त लगानी रहेको छ । यसै महिनाको आउँदो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । फिल्मको सबै जसो छायाँकन लम्जुङको घले गाँउ र बाँकी भाग राजधानीमा हुनेछ । समृद्धी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘डमरुको डन्डीबियो’को बजेट करिब १ करोड ५० लाख अनुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha