वोर्ड अध्यक्षमा ३ जनाको नाम सिफारिस, को-को परे ?

चलचित्र विकास वोर्ड अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा निर्देशक नरेश कुमार केसी, एभ्रेष्ट एकेडेमीको सञ्चालक विशाल श्रेष्ठ र कार्यकारी निर्माता मनिष पण्डितको नाम छ ।


शुक्रबार बस्ने मन्त्री परिषदको बैठकले विकास वोर्ड अध्यक्षको नाम टुंगो लगाउने भनिएपनि बैठक स्थगित भएपछि अब सोमबार बस्ने बैठकले मात्रै विकास वोर्ड अध्यक्षको नाम टुंगो लगाउनेछ । विकास वोर्ड अध्यक्षको दौडमा निकिता पौडेल, उज्जवल घिमिरे, सुचित्रा श्रेष्ठ, आयुष रिजाल लगायत थिए । अध्यक्ष राजकुमार राईको कार्यकाल जेठमा सकिएपछि विगत ६ महिनादेखि वोर्ड अध्यक्ष विहिन छ । अध्यक्ष नहुँदा महत्वपूर्ण निर्णय र हुँदै आएको राष्ट्रिय पुरस्कार पनिरोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha