‘छक्का पञ्जा २’ लाई एघार दिनमा दश करोड

फिल्म ‘छक्का पञ्जा २’ ले प्रदर्शनको एघार दिनमा दश करोडको ग्रस कलेक्सन गरेको छ । असोज ११ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले कात्तिक २१ गते शनिबार सम्ममा अल नेपालबाट यति कलेक्सन गर्न सफल भएको हो । यसअघि स्व.श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित ‘कोहिनूर’ले दश करोड पार गरेको छ भने सर्वाधिक ग्रसर फिल्ममा ‘छक्का पञ्जा’ पहिलो नम्वरमा छ ।


दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा २ को व्यापार दोश्रो सातामा पनि आक्रमक छ । यही रफ्तारमा व्यापार भएमा ‘छक्का पञ्जा’ को पन्ध्र करोडको लाइफटाइम कलेक्सनलाई सिक्वेलले उछिन्ने पक्का छ । दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको फिल्म हाल एक सय बढी हलहरुमा प्रदर्शनरत छ । शहरका मल्टिप्लेक्समा फिल्मको शो उच्च छ । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha