‘तिमी रोएको पल’ हिट भएपछि आशावादी ‘ऐश्वर्य’ टिम

फिल्म ‘ऐश्वर्य’ हलमा आउन तीन साता मात्रै बाँकी छ । कात्तिक ९ गते प्रदर्शन मिति नजिकिंदै गर्दा यसको टिम फिल्म चल्नेप्रति आशावादी देखिएको छ । दिवाकर भट्राई निर्देशित फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

‘दर्शकले फिल्म मन पराउनेमा आशावादी छौं’, निर्माता समेत रहेका अभिनेता उप्रेती भन्छन्, ‘हामीले निकै नै मिहेनत गरेका छौं ।’ यता ‘स्टुपिड मन’ पछि फिल्म निर्देशनमा फर्किएका निर्देशक दिवाकर भट्टराई पनि दर्शकको रोजाइको फिल्म बनेको विश्वास दिलाउँछन् । ‘दर्शकले फिल्म हेरेर नराम्रो चाहिं भन्नु हुन्न’, निर्देशक भट्टराई भन्छन् ।

नायिका दीपिका प्रसाईं, कलाकार प्रशान्त ताम्राकार पनि ‘ऐश्वर्य’ले दर्शकको मन जित्नेमा विश्वस्त छन् । फिल्ममा समावेश तिमी रोएको पल गीत र प्रोमोलाई रुचाइएको छ । गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha