रेखा थापाले लुकाएको ‘रुद्रप्रिया’ रहस्य वकिलले खोले

प्रदर्शनमा आउँन दश मात्रै बाँकी रहंदा रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ को रहस्य बाहिर आएको छ । रेखा आफैंले समेत लुकाउँदै आएको फिल्मको रहस्य फिल्मका एक वकिल पात्रले सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएका छन् । के हो त कात्तिक २ गते लक्ष्मीपूजादेखि अल नेपाल प्रदर्शनमा आउने ‘रुद्रप्रिया’को रहस्य ?


कानुन व्यावसायी समेत रहेका स्वागत नेपाल अर्थात् ‘रुद्रप्रिया’ का वकिल आफ्नो फेसबुकमा लेख्छन्, ‘महिला विरुद्ध बलात्कार, एसिड आक्रमणदेखि साइबर क्राइम सम्मका आधुनिक र परिवर्तित प्रकृतिका कल्पनै गर्न नसकिने जघन्य जस्ता विषय समाएर त्यसविरुद्ध लड्न महिला र किशोरीहरुलाई कसरी प्रेरित गर्न सकिन्छ भन्ने उदाहरण फिल्म रुद्रप्रिया मार्फत् दिएको छ ।’ उनी थप्छन्, ‘सधैँ नारी सशक्तीकरणको मात्र विषयलाई चलचित्र मार्फत सशक्त आवाज दिने ‘लेडी हिरो’ रेखा थापा फिल्ममा यस्ता विषयमा पुलिस प्रशासन अदालत नगुहारी आफैँ केटाहरुलाई कुट्ने गर्थिन् तर रुद्रप्रियामा आफै कारवाही गर्ने मात्र होइन अदालत पनि पुग्छिन् ।’ फिल्म बारे यस किसिमको भनाई रेखाले हालसम्म कुनै पनि मिडियामा दिएकी छैनन् । आखिर रेखाले नबोलेको भनाई वकिलले किन सार्वजनिक गरे ? के वकिलले भनेजस्तै ‘रुद्रप्रिया’ मा त्यस्तै घटना छन् त ? कात्तिक २ सम्म पर्खने कि ? प्रोमो हेर्नुस् :

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’ मा रेखा थापा, आर्यन सिग्देल र राजन इशान मुख्य भूमिकामा छन् । सरस्वती थापा र रमेश एमके पौडेल फिल्मका निर्माता हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha