रिलिजको मुखमा कता हराइन् ‘रानी’ ?

पछिल्लो समय फिल्म र प्रचार एक अर्काका परिपुरक जस्तै मानिदैं आएका छन् । फिल्मसँग सम्बन्धित मुख्य कलाकारहरु प्रचार प्रसामा जुट्ने गर्दछन् । फिल्मको इनिसियल व्यापारलाई प्रचार प्रसारको पनि सहयोग पुर्याउँदै आएको छ । तर कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रानी’ भने प्रचार प्रसारबाट केही पर भएजस्तो देखिएको छ ।

प्रचार तिव्र होस् पनि कसरी फिल्मकी मुख्य पात्र रानी अर्थात् नायिका जोशी नै देशमा छैनन् । कार्यक्रमको सिलसिलामा मलिना यसै साता अमेरिका उडेकी छिन् । उनी ‘रानी’ रिलिजपछि मात्रै नेपाल फर्किनेछिन् । दुई नव नायकहरु आ-आफ्नै तवरले गरिरहेका छन् तर पुग प्रचार भने भएको छैन् । त्रिकोणात्मक प्रेम कथा बोकेको फिल्म रानीमा मलिनासँगै दुई नव नायकहरु मनिष सुन्दर श्रेष्ठ र सारुक ताम्राकार मुख्य भूमिकामा प्रस्तुत भएका छन् । मलिना, मनिष र सारुकसँग रमाईलो कुराकानी हेर्नुस् :

तीन जनाको प्रेममा कलाकार अनुपविक्रम शाही भिलेनको भूमिकामा प्रस्तुत छन् । दयाराम दाहाल निर्देशित फिल्मलाई भानु महर्जनले निर्देशन गरेका हुन् । मलिना, मनिष र सारुकसँग रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha