चलचित्र संघले ल्यायो यस्तो निर्णय, के लागु होला ?

पछिल्ला केही फिल्महरुले हल र डिस होम टिभी च्यानलबाट एकसाथ प्रदर्शन गरिरहेका छन् । तर फिल्म हलहरुको छाता संगठन चलचित्र संघले हल र डिस होममा एकसाथ फिल्म रिलिज गर्न नपाइने निर्णय गरेको छ ।


सोमबार चलचित्र संघको कार्यालय विशालनगरमा बसेको बैठकले हलमा फिल्म लागेको कम्तीमा तीन हप्ता डिस होममा रिलिज गर्न नपाइने निर्णय प्रदीप कुमार उदयको अध्यक्षतामा बसेको बैठकले गरेको हो । पछिल्लो समय फिल्म ‘धुम २’ र ‘मेरो पैसा खै’ हल र डिस होममा एकसाथ रिलिज भएका थिए । यस्तै फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गते हल र डिसहोममा एकसाथ रिलिज हुँदैछ । के डिस होम र निर्माताले चलचित्र संघको निर्णयलाई आत्मसाग गर्लान् ? फिल्म लिए वापत डिसहोमले निर्मातालाई राम्रो रकम दिदैं आइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha