जुत्ता फाट्यो ! चिन्ता नलिनुस्, नयाँ पाउन यसो गर्नुस्

तपाईंको जुत्ता फाटेको छ ? यदि छ भने चिन्ता नलिनुस् अब नयाँ जुत्ता पाउनु हुनेछ । फाटेको जुत्ता लिएर नयाँ जुत्ता दिने अभियान फिल्म ‘फाटोको जुत्ता’ निर्माण युनिटले सुरु गरेको हो । कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रचार प्रसारलाई मध्यनजर गर्दै निर्माता अर्जुन कुमारले यस प्रकारको अभियान थालेका हुन् ।

आफुसँग भएको फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरी फाटेको जुत्ता फेसबुकमा ट्याग गर्नु पर्ने छ । फाटेको जुत्ता ट्याग गरेका मध्ये दुई सय पचास जनाले मात्रै लक्की ड्र मार्फत नयाँ जुत्ता पाउँनेछन् । निकेश खड्का निर्देशित फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ‘आइएम सरी’ बोलको गीत हिट भैरहेको छ भने प्रोमो पनि रुचाइएको छ । ‘आइएम सरी’ गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha