‘ओपन रिलेसनसिप’मा युवा स्टार, जान्नुस् को-को छन् ?

पछिल्लो समय युवा स्टारले आफ्नो ‘लभ रिलेसनसिप’लाई ‘ओपन’ गर्न थालेका छन् । ‘ए मेरो हजुर २’ स्टार सलिनमान बनियाँले हालै आफ्नी प्रेमीका सार्वजनिक गरेका छन् । प्रेमिका अस्प्रिना श्रेष्ठसँगको फोटो तथा स्टोरी सलिन दिनहुँ जसो ईस्टामा अपलोड गर्छन् । यद्पी फिल्म रिलिज ताका सलिनले आफु सिंगल रहेको दाबी गरेका थिए । अस्प्रिना पेशाले ब्युटिसियन हुन् ।

सलिन र अस्प्रिना

‘ए मेरो हजुर २’ मा सलिनकी गर्ल फ्रेन्ड साम्राज्ञी राज्य शाह पनि ‘ओपन रिलेसनसिप’मा छिन् । साम्राज्ञी मयंंक खड्कासँग ‘लभ रिलेसनसिप’मा छिन् तर उनी मिडियामा यस बारे केही बोल्दिनन् । साम्राज्ञी पनि सामाजिक सञ्जालमा मयंकसँगका तस्बिरहरु दिनहुँ जसो सामाजिक सञ्जालमा अपलोड गर्छिन् । यता नायक पल शाह नायिका आँचल शर्मा पनि खुला प्रेममा छन्, तर उनीहरु असल साथी मात्रै रहेको दाबी गर्छन् । नायिका पूजा शर्मा पनि निर्देशक सुदर्शन थापासँगको प्रेमलाई स्विकार गर्दिनन् । यता नायिका आना शर्मा सोनाम शेर्पासँग रमाई रहेकी छिन् ।

साम्राज्ञी र मयंक

नायक संयम पुरी र आश्मा डिसीको जोडीलाई भने नेपाली फिल्म क्षेत्रमा क्युट कपलको रुपमा लिइन्छ । उनीहरु एक अर्काको प्रेमलाई खुला रुपमै स्विकार गर्छन् । यस्तै नायिका बर्षा राउत र नायक संजोग कोईरालाको जोडीलाई पनि लोभलाग्दो जोडीको रुपमा लिइन्छ । नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ पनि केही वर्षदेखि प्रेममा छन् ।

संयम र आश्मा

मिस नेपाल तथा नायिका सृष्टि केसी र नायक सौगात मल्लको प्रेमको चर्चा मिडियामा छाइरहन्छ । नम्रता श्रेष्ठ र दाव शेर्पा अनि आयुष्मान देशराज र प्रियंका कार्की बिचको प्रेमको चर्चा मिडियामा जहिल्यै छाइरहन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha