अशिष्मा नकर्मी भइन् निर्मात्री, घोषणा गरिन् ‘लाखे भाजु’

नायिका अशिष्मा नकर्मी फिल्म निर्माणमा जुटेकी छिन् । मंगलबार प्रेसमिट गर्दै अशिष्माले नेपाल भाषाको फिल्म ‘लाखे भाजु’ निर्माणको घोषणा गरिन् । आर्यम नकर्मीको लेखन तथा निर्देशन रहने फिल्ममा अशिष्मा सँगै शोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी लगायत कलाकारहरुको अभिनय रहनेछ । निर्माता प्रदीप कुमार उदयको परिकल्पनामा बन्न लागेको फिल्म बजेट पचास लाखको छ ।

नेपाल भाषा सहित एक दर्जन बढी फिल्महरुमा अभिनय गरेकी अशिष्माले फिल्म निर्माणमा आफुलाई सबैले साथ दिने आशा व्यक्त गरिन् । ‘सबैको साथ र माया पाउँछु भन्ने विश्वास लिएको छु’, अशिष्माले भनिन् । यस्तै निर्देशक नकर्मीले लाखे भाजुमा अचम्मको प्रेम कथा दर्शकले हेर्न पाउने बताए । नरेन्द्र महर्जन र गोपाल काजी कायस्थको संयुक्त निर्माण रहने फिल्ममा सुसन प्रजापतीको छायाँकन रहनेछ भने संगीत मनराजा नकर्मीले दिनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha