दिपाश्रीकै निर्देशनमा ‘छक्का पञ्जा ३’, फूलपाती रिलिज

पहिलो र सिक्वेलको सफलतापछि ‘छक्का पञ्जा ३’ पनि बन्ने भएको छ । दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’ बन्ने फिल्म निर्माण समुहले निर्णय गरेको हो । आउँदो बर्षको दशैंको फूलपातीमै रिलिज गर्ने गरी ‘छक्का पञ्जा ३’ को प्रि-प्रोडक्सन कार्य थालिएको निर्देशक निरौलाले बताइन् ।


उसो त ‘छक्का पञ्जा २’ कै अन्तिममा कलाकार दिपकराज गिरीको नयाँ लुक्स ३ का लागि छोडिएको थियो । सिक्वेलले समेत व्यापारिक रुपमा औधी सफलता पाएपछि टिम तीन निर्माणतर्फ लागेको हो । ‘छक्का पञ्जा २’ ले हालसम्म झण्डै साढे १२ करोडको व्यापार गरेको निर्माण पक्ष बताउँछ । ‘छक्का पञ्जा’को तेश्रो श्रृंखलामा यसअघिका दुई श्रृंखलाका प्रायःजसो सबै कलाकारहरु दोहोरिने दिपाश्री बताउँछिन् । छायाँकन यो सालको अन्त्यबाट सुरु हुनेछ । ‘कथा चाहिं नयाँ हुन्छ । पात्र उही हुन्छन्’ तेश्रो श्रृंखलाको आवश्यकता बारे दिपाश्री भन्छिन्, ‘यो दर्शकका माग र माया हो ।’ ‘छक्का पञ्जा २’ को हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha