‘आफुलाई कहिल्यै स्टार भनिनँ’ :आर्यन सिग्देल

नायक आर्यन सिग्देल स्टार थिए । तर पछिल्लो समय उनको स्टारडम खस्किएको भन्ने चर्चा फिल्मी वृत्तमा चल्दैछ । तर आर्यन यसलाई मान्न तयार छैनन् । स्टारडम खस्किएको भनेर विश्लेषण गर्नेलाई आर्यन आफु कहिल्यै स्टार नै नभएको दाबी गर्छन् । आर्यन यदि स्टार थिएनन् भने के थिए त ?

‘मैंले कहिल्यै पनि आफुलाई स्टार भनिन्’, कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्रप्रिया’ का नायकले भने,’म जहिल्यै राम्रो फिल्म बनोस् र फिल्म क्षेत्र माथि जाओस् भनेर काम गरिरहें ।’ आफु कलाकार रहेको बताउँदै आर्यनले भने, ‘हलमा एक जना दर्शक आउँदासम्म म फिल्म खेलिरहन्छु ।’ आठ वर्षपछि नायिका रेखा थापासँग स्क्रिन सेयर गरेको फिल्म ‘रुद्रप्रिया’ बाट भने आर्यन आशावादी छन्, जुन फिल्म आउँदो कात्तिक २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha