पल शाहका नक्कली म्यानेजर बनेर ठगी गर्ने पक्राउ

नायक पल शाहको नक्कली म्यानेजर बनी ठगी गर्दै आइरहेका विराटनगरका आमोद भट्टराई पक्राउ परेका छन् । बाढी पीडितका लागि सहयोग भन्दै रकम उठाउँदै आएका ठगी आमोदलाई रुकुमकी शर्मिला कठायताको सहयोगले विराटनगर सिआइबिले मंगलबार प्रक्राउ गरेको हो ।


युवा पुस्तामाझ प्रिय नायक पलकी फ्यान सर्मिलाले भट्टराईलाई किस्तामा ३१ हजार रुपैयाँ दिइसकेकी थिइन् । पछि पल शाहका सक्कली म्यानेजर हो कि होइनन् भन्ने शंका लागेपछि सर्मिला मिडियामा आइन् । अनुसन्धानमा ती युवा पल शाहको नक्कली म्यानेजर भएको पत्ता लाग्यो र उनी पक्राउ परे । आफ्नो नक्कली म्यानेजर बनेर ठगी गर्दै आइरहेका आमोदलाई पक्राउ गर्ने समयमा पल पनि विराटनगरमै थिए । भट्राईले नायिका आँचल शर्माको पनि नक्कली आइडी समेत बनाएकोमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha