‘ए मेरो हजुर २’को ‘कसम हो कसम’लाई १ करोड भ्युज

यस वर्षको सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीतको भिडियोलाई युटुवमा एक करोड बढी पटक हेरिएको छ । कृष्णहरी बरालको शब्द, सुगम पोखरेलको स्वर र कल्याण सिंहको संगीत रहेको गीतलाई युटुवमा अपलोड भएको करिब साढे ६ महिनामा एक करोड भन्दा बढी पटक हरिएको हो । रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतको भिडियो :

झरना थापाको डेव्यु निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ यसै वर्ष प्रदर्शनमा आएको थियो । सार्वजनिक प्रदर्शनमा सुपरहिटको व्यापार गर्न सफल फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ । सलिन र साम्राज्ञीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha