मोफसलमा खुसीयाली बाँड्दै ‘छक्का पञ्जा २’ टिम

सफलताको खुसीयाली साट्न ‘छक्का पञ्जा २’ टिम मोफसलतर्फ लागेको छ । निर्देशक दिपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, जितु नेपाल र नायिका स्वस्तिमा खड्काको टोलीले बुधबार हेटौंडाका दर्शकसँग खुसीयाली साट्यो भने बिहिबार चितवनका दर्शकसँग खुसीयाली साट्दैछ ।

चितवनपछि ‘छक्का पञ्जा २’ टोली शुक्रबार पोखरा र दांगका हलहरुमा जाँदैछ । मल्टीस्टार कमेडी फिल्मले मोफसलबाट मात्रै मंगलबार सम्म करिब ७ करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मको अल नेपाल कलेक्सन हालसम्म करिब साढे तेह्र करोड पुगेको रिपोर्ट छ । दिपाश्री निरौलो निर्देशित दोश्रो फिल्म ‘छक्का पञ्जा २’ सर्वाधिक कलेक्सन गर्ने दोश्रो फिल्म बन्न सफल भएको छ । हल रिपोर्ट हेर्नुस् :

सर्वाधिक कलेक्सन गर्ने पहिलो फिल्ममा दिपाश्रीकै निर्देशन रहेको ‘छक्का पञ्जा’ छ । पहिला र दोश्रो श्रृंखलाको सफलतापछि टिम ‘छक्का पञ्जा ३’ निर्माणको तयारीमा जुटेको छ । तेश्रो श्रृंखलालाई पनि दिपाश्रीले नै निर्देशन गर्नेछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha