भीष्म पितामह शाहको फिल्म क्षेत्रमा ५० वर्ष पूरा

वरिष्ठ फिल्मकर्मी नीर शाहले नेपाली फिल्म क्षेत्रमा आफ्नो पचास वर्ष पूरा गरेका छन् । असोज २६ गते आफ्नो ६४ औं जन्मदिन मनाउँदै गर्दा शाहले यस क्षेत्रमा आवद्ध भएको ५० वर्ष पूरा गरेका हुन् । आउँदो साल उनको वायोपिक पुस्तक समेत सार्वजनिक गर्ने तयारी हुँदैछ ।


नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष शाह फिल्म क्षेत्रका विभिन्न विधासँग आवद्ध छन् । उनी गीतकार, कलाकार, निर्माता तथा निर्देशकको विधामा अब्बल मानिन्छन् । नीरले ‘स्वर्ग’, ‘बसन्ती’, ‘बासुदेव’, ‘पच्चीस बसन्त’ जस्ता सम्झनयोग्य फिल्म निर्देशन गरेका छन् । उनी नेपाली फिल्म क्षेत्रका बलिया खम्बा हुन् । जसले नेपाली फिल्मको संरक्षण र संवद्र्धनमा आफ्नो जीवन लगाएका छन् ।

नेपाली फिल्मका भीष्म पितामहले ६४ औं जन्मदिनमा यस क्षेत्रका सिमित कलाकर्मीसँग रमाईलोसँग मनाए । कलाकार अनुरागमानसिंह कुँवरको संयोजकत्वमा अभिनेत्री गौरी मल्ल, अभिनेता अर्जुनजंग शाही, कलाकार सन्दिप क्षेत्री, नायिका पूजा शर्मा लगायत शाहको जन्मदिनमा उपस्थित थिए । शाहको ६४ औं जन्मदिनको यो रमाईलो भिडियो हेर्नुस् :

 

 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha