सारालाई पहिरनले सकस बनाएपछि…

‘रुद्र’ डेव्यु नायिका सारा श्रीपाइलीले दोश्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा अभिनय गरेकी छिन् । माघको पहिलो सातादेखि प्रदर्शनमा आउने फिल्मको यसै साता प्रेसमिट गरेर गीत रिलिज गरियो । बिहिबार गरिएको प्रेसमिटमा नायिका श्रीपाइली सकस पर्न गयो, आफैंले लगाएको पहिरनका कारण ।

अपसोल्डर वनपिस लगाएकी सारा जब प्रेस अगाडी गइन् तब उनी सकसमा परिन् । वन पिसको अप सोल्डरको भाग बारम्बार खस्दा साराले सम्हाल्न कठिन परेको प्रष्टै देखिन्थ्यो । यद्पी साराले आफ्नो पहिरनलाई सम्हाल्दै प्रेसकोे अगाडी उभिएर आफ्ना कुरा ढुक्कसँग राखिन् । सारा बोल्दै गर्दा सञ्चारकर्मी बिच भने कानेखुसी चल्दै थियो, ‘यदि साराको अपसोल्डर वनपिसले धोका दिइहाल्यो भने…!’ दुवै फिल्ममा सारा नायक निखिल उप्रेतीसँग स्क्रिन सेयर गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha