ईनास अवार्डमा विपिन र सृजना उत्कृष्ट (फोटो फिचर)

शुक्रबार राष्ट्रिय सभा गृहमा सम्पन्न ईनास अवार्डमा फिल्म ‘जात्रा’ उत्कृष्ट भएको छ भने यही फिल्मबाट नायक विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘वीर विक्रम’ बाट मिलन चाम्सले पाउँदा फिल्म ‘डाइङ क्यान्डल’बाट सृजना सुब्बाले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।


यस्तै फिल्म छक्का पञ्जा बाट दिपाश्री निरौलाले उत्कृष्ट नव निर्देशकको अवार्ड पाइन् भने नव नायक र नव नायिकाको अवार्ड क्रमशः लभ लभ लभ बाट सुरज पाण्डे र वीर विक्रम बाट दिया पुनले पाए । जुरी तर्फ ‘लभ लभ लभ’ फिल्म बाट निर्देशक दिपेन्द्र के खनाल फिल्म घामपानी’ लाई दिइयो । यता सक्रिय चलचित्र पत्रकारिता पुरस्कार अनलाईन खबरका विजय सुवेदी आवाज, ठुलो पर्दाका जीवन पराजुली र रेडियो अडियोका लोकराज अधिकारी वितरण गरियो । फिल्म तर्फको प्रोत्साहन पुरस्कार ‘तुयुमती’, ‘दर्पण छायाँ २’, ‘नमस्ते नेपाल’ र ‘फन्को’ले पाए ।

ईनास अवार्ड पाउने विधाहरु यस प्रकार छन् :
१.उत्कृष्ट द्वन्द्व निर्देशक : राजकुमार उप्रेती ‘लुट ’
२.उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ’’छक्का पन्जा’
३.उत्कृष्ट सम्पादक : मित्र गुरुङ ‘जात्रा’
४.उत्कृष्ट छायांकार : दिवान्कर सिग्देल र रविन आचार्य ’डाइङ क्यान्डल’
५.उत्कृष्ट गीतकार : दयाराम पान्डे ‘पलाँस’
६.उत्कृष्ट सङगीतकार : राजनराज शिवाकोटी ’छक्का पन्जा’
७.उत्कृष्ट गायिका : अन्जु पन्त ‘पुर्व पश्चिम रेल’ ’छक्का पन्जा’
८.उत्कृष्ट गायक : तारा प्रकाश लिम्बू ’हारे हारे’  ‘विरविक्रम’
९.उत्कृष्ट पटकथा : दिपेन्द्र लामा ‘घामपानी’
१०.उत्कृष्ट खलनायक : सौगात मल्ल  ‘लुट २’
११.उत्कृष्ट नव निर्देशक : दिपाश्री निरौला ’ छक्का पन्जा’
१२.उत्कृष्ट हास्य कलाकार : केदार घिमिरे  ‘छक्का पन्जा’
१३.उत्कृष्ट सह अभिनेत्री : बर्षा राउत ’छक्का पन्जा’
१४.उत्कृष्ट सह अभिनेता : माओत्से गुरुङ ‘पुरानो डुङ्गा’
१५.उत्कृष्ट नव नायक : सुरज पान्डे ‘लभ लभ लभ’
१६.उत्कृष्ट नव नायिक : दिया पुन ‘वीर विक्रम’
१७.उत्कृष्ट निर्देशक : मिलन चाम्स ’वीर विक्रम’
१८.उत्कृष्ट नायिका : सृजना सुब्बा ’डाइङ क्यान्ड्ल’
१९.उत्कृष्ट नायक : विपिन कार्की ’जात्रा’
२०.उत्कृष्ट फिल्म : जात्रा

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha