ट्रेलरमा ‘स्टाईलिस’ रोमियो, निशाको रोल के हो ?

नायक हसनराजा खानको निर्माण तथा शिर्ष भूमिका रहेको फिल्म ‘रोमियो’को ट्रेलर स्टाईलिस बनेको छ । शंकर कार्की निर्देशित फिल्मको ट्रेलरमा रोमियो अर्थात् हसन, नायिका निशा अधिकारी, नव नाकिया ओसिमा बानु, अभिनेत्री मेलिना मानन्धर, कलाकार भानु प्रताप लगायत प्रस्तुत छन् । ट्रेलर हेर्नुस् :

कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो’ को प्रोमो मा लभ रोमान्स, बिछोड र बदला झल्किन्छ । तारा प्रकाश लिम्बु, सुनिल सन्डे कुर्वान खान र योगेश काजीको संगीत रहेको छ भने द्धन्द्ध निर्देशन अष्ट महर्जजनको रहेको छ । रोमियो लाई किरन माईकलले लेखेका हुन् । फिल्म निर्माणमा हसनसँग आशिका श्रेष्ठ र विष्णु कार्कीले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha