‘म सँग फिल्म निर्देशन गर्ने क्षमता छैन’ : रमेश उप्रेती

थुप्रै कलाकारले फिल्म निर्देशनमा हात हालेका छन् । केही सफल भएका छन् । केहीले भने असफलतापछि फिल्म निर्देशनलाई रोकेका छन् । हालसालै झरना थापा र दिपाश्री निरौलाले ‘ए मेरो हजुर २’ र ‘छक्का पञ्जा २’ बाट सफलता हात परे ।

यस्तैमा अभिनेता रमेश उप्रेती फिल्म ऐश्वर्य मा मार्फत कम ब्याक भएका छन् । जुन फिल्म कात्तिक ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनय र लगानीको मात्रै अभिारा लिएका छन् । उनले ऐश्वर्य किन निर्देशन गरेनन् ? रमेश भन्छन्, ‘म सधैं कलाकार हुन चाहान्छु । म कलाकार हुनको लागि मात्रै जन्मेको हुँ ।’ उसो भए कहिल्यै फिल्म निर्देशन नगर्ने त ? रमेशको बुझाइ छ, ‘म भित्र फिल्म निर्देशन गर्ने क्षमता छैन । मैंले जे जानेको छु त्यही गर्छु । फिल्म निर्देशनबारे कहिल्यै सोच्दिनं र गर्दिंन । उनी थप्छन्, रोल सुहाउने फिल्म खेल्छु । फिल्म बनाउँछु ।’ रमेश र दीपिकासँग गरिएको रमााईलो कुराकानी हेर्नुस् :

दिवाकर भट्टराई निर्देशित रमेशले बनाएको ‘ऐश्वर्य’मा उनी सहित केकी अधिकारी, नव नायिका दीपिका प्रसाईं र कलाकार प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ । फिल्म गीत तथा प्रोमोले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha