५३ लागेका राजेश हमाललाई ६ प्रश्न

अब कस्तो फिल्म खेल्ने ?

महानायक राजेश हमाल ५३ बर्षमा लागेका छन् । नेपाली फिल्म क्षेत्रका सर्वाधिक सफल अभिनेतालाई रमाइलो छ डटकम परिवार जन्मदिनको शुभकामना र दिर्घायुको कामना गर्दछ ।  फिल्म युगदेखि युगसम्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका महानायकले दुई सय बढी फिल्महरुमा अभिनय गरेका छन् । बिहे कहिले गर्ने ? भन्ने प्रश्नको जवाफ प्रेमिका मधु भट्टराईसँग बिवाह गरेर दिएका महानायक माथि अझै केही जिज्ञासाहरु यथावत् छन् ? जुन प्रश्नहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

१.पिता कहिले बन्ने ?
प्रेमिका मधु भट्टराईसँग चार वर्ष पहिले विवाह गरेका महानायक हमाल दम्पतीलाई सन्तान सुख मिलेको छैन । पिता कहिले बन्ने ? भन्ने जिज्ञासामा उनले तयारी हुँदै गरेको बताउँदै आइरहेका छन् । यदि तयारी नै भैरहेको हो भने तयारी कहिले पुरा हुन्छ त ‘राजेश दाई’ ?

२.फिल्म निर्देशन नगर्ने ?
नेपाली फिल्म क्षेत्रमा लामो समय राज गर्दा पनि फिल्म निर्माण र निर्देशनमा हात नहाल्ने सम्भवतः महानायक हमाल मात्रै एक्ला कलाकार होलान् । कथा खोज्दै गरेका महानायकले फिल्म निर्देशन कहिले गर्लान् ? पिता कहिले बन्ने जिज्ञासापछि यो प्रश्न दोश्रो चर्चामा रहि आएको प्रश्न हो । यदि महानायकले फिल्म बनाए या निर्देशन गरे भने उन्लाई मात्रै होइन, कलाकार देखि प्राविधिकदेखि सम्मलाई फाइदा पुग्नेछ । राम्रो फिल्म बनाए त दर्शकले फिल्म हेर्नेछन् ।

३.राजनीति नगर्ने ?
राजनीतिक रुपमा महानायक हमाल केही रिजर्भ देखिएका छन् । स्थानिय निर्वाचनमा एमालेका उम्मेरद्वारलाई जिताउन लागि परेपनि महनायकले आफु यही पार्टीको हो भनेर घोषणा गरेका छैनन् । के महानायकले राजनीति गर्दैनन् । गरे भने कहिले र कुन पार्टीमा आवद्ध भएर गर्लान् ?

४.बिंडो कसले थाम्छ ?
सदाबहार अभिनेता भुवन केसीका पुत्र नायक अनमोल केसी वर्तमान युवा पुस्ताका ढुकढुकी हुन् । अनमोलले आफ्नो पिताको बिंडा राम्रोसँग थामिरहेका छन् । यस मामलामा महानायक हमाल पछाडि छन् । नेपाली फिल्ममा मात्रै होइन राजेश हमालको वंशजमा पनि बिंडो कसले थाम्छ ? भन्ने चर्चा फिल्म नगरीमा छ । नेपाली फिल्ममा भन्दा पनि वंशज चलाउन महानायकलाई सन्तानको आवश्यकता देखिन्छ ।

५.अब कस्तो फिल्म खेल्ने ?
हलमा राजेश हमाललाई हेर्न दर्शकको लाइन नलागेको धेरै बर्ष भैसकेको छ । पछिल्लो केही बर्ष यता महानायक अभिनित फिल्महरु व्यापारिक रुपमा सफल छैनन् । बाग्मती, सकुन्तला जस्ता फिल्महरु असफल भए । के राजेश हमालको युग सकिएकै हो ? नयाँ पुस्तालाई राजेश हमालको फिल्म कसरी हेर्ने गराउने ? यस विषयमा सोच्न ढिला भैसकेको त छैन ?

६. समाज सेवामा कहिले लाग्ने ? 
हाँस्य कलाकारको जोडी धुमुर्स सुन्तलीले भूकम्प पछि तीन वटा बस्ती मात्रै बनाएनन् । उनीहरुले आफ्नो छवि पनि समाज सेवीको रुपमा स्थापित गरे । भूकम्प गएपछि थुप्रै फिल्मकर्मी देशको सेवामा लागि परे । तर महानायक हमाल यसबाट विमुख देखिए भन्ने गुनासो गरे । धेरैले आरोप लगाए, देशमा यत्रो आपत पर्दा महानायक किन मौन रहे ? यो आरोपलाई पखाल्दै प्रत्यक्ष रुपमा समाज सेवामा कहिले लाग्ने ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha