मल्टीकास्ट लिएर ‘अमेरिका बोइज’ घोषणा

कात्तिकदेखि छायाँकन सुरु हुने फिल्म ‘अमेरिका बोईज’ को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै यो फिल्म निर्माणको घोषणा गरिएको हो । डार्क कमेडी भनिएको फिल्मको सम्पूर्ण छायाँकन नेपालमै हुनेछ ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्म ‘अमेरिका बोईज’ मा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टि कार्की, आशिष् प्रसाई, अभय बराल, मनिष राउत, रुवि राणा, सुवास गजुरेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ । तीन युवाहरूले गरेको गल्तीको कारण सिर्जना हुने घटनाहरूलाई कथामा समावेश गरिएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्दले निर्माण गर्न लागेको फिल्मलाई विवेक पाण्डेले लेखेका हुन् । आलोक शुक्लाको छायाँकन रहने फिल्ममा दीपक आर्जे र जयन वाइबाले संगीत दिदैंछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha