प्रिमियरमा ‘रुद्रप्रिया’को प्रशंसा, ‘सोचे भन्दा राम्रो’ : शिल्पा पोखरेल

यही बिहिबार, लक्ष्मीपूजा कात्तिक २ गतेदेखि अल नेपाल रिलिज हुने ‘रुद्रप्रिया’को सोमबार ग्रान्ड प्रिमियर शो आयोजना गरिएको थियो । आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा थापा र आर्यन सिग्देल अनि कलाकार राजन ईशानको मुख्य भूमिका रहेको फिल्मलाई प्रिमियरमा आगन्तुकले रुचाएका छन् । उनीहरुले विषेश गरी बबी भूपाल सिंह निर्देशित ‘रुद्रप्रिया’को कन्टेन्ट र कलाकारको प्रस्तुतीको प्रशंसा गरेका छन् । प्रिमियरपछि ‘रुद्रप्रिया’ लाई कसले के-के भने त ? सामाजिक सञ्जाल फेसबुकमा आएका प्रतिक्रियाहरु यस प्ररका छन् :


निर्देशक सविर श्रेष्ठ लेख्छन्, ‘एउटा उत्कृष्ट चलचित्र रुद्रप्रिया ।’ यस्तै अर्की निर्देशक सम्झना उप्रेती रौनियार लेख्छिन्, ‘महिला माथि गरिने एसिड आक्रमण जस्तो संवेदनशील विषयमा बनाइएको असमान्य अन्त्य गरिएको फिल्म ‘रुद्रप्रिया’ । बधाई रेखा र टिमलाई ।’ यता नायिका शिल्पा पोखरेलले चाहिं ‘रुद्रप्रिया सोचे भन्दा राम्रो’ भन्दै रेखालाई सफलताको शुभकामना दिएकी छिन् । ‘रुद्रप्रिया मैंले त हेरें । राम्रो लाग्यो । तपाईहरुको लागि कात्तिक २ बाट’, निर्माता अर्जुन कुमार लेख्छन् । निर्माता छविराज ओझाले भने  ‘रुद्रप्रिया’ रेखा थापाको करिअरकै उत्कृष्ट फिल्म भनी प्रतिक्रिया दिएका थिए । सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्म ‘रुद्रप्रिया’ मा संजय लामाको छायाँकन रहेको छ भने सुरेश अधिकारी, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । नायक आर्यन सिग्देलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha