केकी बनाउँदैछिन् ‘कोहलपुर एक्सप्रेस’

नायिका केकी अधिकारीको प्रस्तुतीमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण हुने भएको छ । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने फिल्मको यतिबेला प्रि-प्रोडक्सन र वर्कसप चल्दैछ । फिल्मको छायाँकन भने कात्तिकको दोश्रो सातादेखि सुरु हुनेछ ।

फिल्म ‘लभ साशा’ मा कार्यकारी निर्मात्री रहेकी केकी ‘कोहलपूर एक्सप्रेस’ मार्फत आफैं निर्मात्री भएकी हुन् । यो फिल्म निर्माणमा अन्य केही निर्माताले पनि केकीसँग सहकार्य गरेका छन् । डार्क कमेडी फिल्ममा केकी स्वयम मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन् भने अन्य कलाकारहरु तय हुँदैछन् । शान बस्न्यातको पटकथा तथा संवाद रहेको ‘कोहलपूर एक्सप्रेस’लाई अर्जुन तिवारीले खिच्नेछन् । फिल्ममा अहिले चर्चित तीन संगीतकार अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहनेछ । ‘स्वर’ डेव्यु केकी अभिनयमा अब्बल मानिन्छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha