यो ‘पोज’मा प्रेमी या श्रीमान बोक्नुस् उपहार जित्नुस्

ट्रेलर सार्वजनिक गरेसँगै नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ले फोटो प्रतियोगिता पनि ल्याएको छ । फिल्मको पोष्टरमा बेनिषाले सौगातलाई बोके जस्तै गरी आफ्नो पेयर को (प्रेमी वा श्रीमान) तस्बिर फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ । उक्त तस्वीर पोष्ट गर्दा #jhyanakuti#nov17 पनि लेख्नु पर्नेछ ।

तस्बिर : आर्यन विमली

प्रिति चाउचाउद्वारा प्रायोजित यस फोटो कन्टेस्टको समयावधि झन्डै एक महिना राखिएको छ भने यसको विजेताले ५१ हजार जित्नेछन् । विजेता पोष्ट गरिएको तस्वीरमा आएको लाइकको आधारमा छानिनेछ । सबै भन्दा बढी लाइक आउने तस्वीरको जोडीलाई ५१ हजार प्रदान गरिने निर्माण पक्षले बताएका छन् । सिमोश सुनुवार निर्देशित फिल्म झ्यानाकुटीमा नायक सौगात मल्ल र नायिका वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । डार्क कमेडी फिल्मको कथा भने प्रदीप भारद्वाजले लेखेका हुन् । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha