राजेश र करिश्मालाई नम्रताको यस्तो चुनौती

स्तन क्यान्सर सचेतनाका लागि नायिका नम्रता श्रेष्ठले सेल रोटी पकाउने प्रतिस्पर्धा सुरु गरेकी छिन् । महानायक राजेश हमाल, सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर, नायिका केकी अधिकारी, र्यापर आशिष राना लाउरे, बैंकर रविना देशराज जोशी यस सचेतना अभियानमा सहभागी हुन आव्ह्वान गर्दै उनीहरुलाई सेल रोटी पकाउन चुनौती दिएकी हुन् ।

यस सचेतनामा सहभागी हुनेले आफुले पकाउँदै गरेको सेल रोटीको छोटो भिडियो फेसबुकमा अपलोड गरी #breastcancerawareness #selrotichallenge गर्नुपर्नेछ । यस्तै स्तन क्यान्सर पिडितको लागि नम्रताले आर्थिक सहयोगको अपिल पनि गरेकी छिन् । प्राप्त सहयोग रकमलाई नेपाल क्यान्सर अस्पताललाई हस्तान्तरण गरिने नम्रताले बताएकी छिन् । नम्रता आफुले पनि सेल रोटी पकाएको भिडियो फेसबुकमा पोस्ट गरेकी छिन् । यद्पी नम्रताले च्यालेञ्ज गरेका कसैले पनि सेल रोटी पकाएको भिडियो फेसबुकमा अपलोड गरेका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha