माघ २६ मा आउने गरी श्वेताको ‘कान्छी’ सुटिङ सकियो

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’को सम्पूर्ण छायाँकन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिनमा फिल्मको छायाँकन सकिएको हो । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि कान्छी मा अभिनय छ ।

गत बिहिबार, लक्ष्मीपुजको दिन ‘कान्छी’ को सुटिङ सकेपछि श्वेता सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, ‘दादाको सम्बोधन मार्फत आदर गर्ने मेरा स्वर्गिय पती श्रीकृष्ण श्रेष्ठ ज्यु प्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ‘कान्छी’ लाई दर्शकसामु ल्याउँदैछु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु’, उनी थप्छिन्, ‘मैले आफ्नो गक्ष र दक्षले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरु लगाएत कान्छी निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’ लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरुलाई औल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।’


पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘कान्छी’ मा शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । श्वेता ‘कोहिनूर’ पछि कान्छी मार्फत फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन् । ‘कान्छी’ माघ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मले ग्रामीण भेगकी कान्छी पात्रको कथा बोल्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha