एकल पर्दामा ‘रुद्रप्रिया’ व्यापार राम्रो

गत बिहिबार, कात्तिक २ गते लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ ले सुखद सुरुवाती व्यापार गरेको छ । झण्डै आठ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका रेखा र आर्यनको फिल्मले विशेष गरी एकल पर्दामा दर्शक तानिरहेको छ । तीन दिनको एकमुष्ट व्यापार भने आइसकेको छैन ।

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’ मा रेखा एसिड आक्रमणमा परेकी युवतीको भूमिकमा प्रस्तुत भएकी छिन् । आफ्नो फिल्मी करिअरमै रेखाले ‘रुद्रप्रिया’ मा फरक भूमिका निभाएकी हुन् । आर्यन लभर व्वोयको भूमिकामा प्रस्तुत हुँदा कलाकार राजन ईशान भिलेनको भूमिकामा छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत छ । फिल्मलाई रमेश एमके पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha