हल बुक गरेर चौधरी परिवारले हेरे ‘छक्का पञ्जा २’

धनाढ्य विनोद चौधरीले फिल्म ‘छक्का पञ्जा २’ हेरेका छन् । कात्तिक ४ गते भाईटिकाको राती पुल्चोकस्थित लाबिम मलको दश बजेको शो बुक गरेर चौधरी परिवारले यो सुपरहिट फिल्म हेरेका हुन् । चौधरी परिवारलाई ‘छक्का पञ्जा २’ निर्माण समुहले हलमा स्वागत गरेको थियो ।

किन आएका रैछन् त चौधरी परिवार प्रदर्शनको चौथो हप्तामाा ‘छक्का पञ्जा २’ हेर्न ? ‘फिल्मको चर्चा सुनेर हेर्न आएको भन्नु भो’, विनोद चौधरीको भनाई उदृध गर्दै निर्देशक दिपाश्री निरौलाले भनिन्, ‘हाम्रै फिल्म ‘छक्का पञ्जा’ पछि हलमा फिल्म हेर्न आउनु भएको रैछ ।’ फिल्मले गरेको पन्ध्र करोडको व्यापार सुन्दा चौधरी परिवार अचम्ममा परेको समेत निर्देशक निरौलाले सुनाइन् । ‘उहाँहरुले मिलेर फिल्म बनाउने ईच्छा समेत व्यक्त गर्नु भयो’, दिपाले भनिन् । प्रदर्शनको चौथो हप्तामा रहेको ‘छक्का पञ्जा २’ ले झण्डै पन्ध्र करोडको व्यापार गरेको छ । हालसम्म पनि फिल्म झण्डै एक दर्जन हलहरुमा प्रदर्शनरत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha