किन भने पल शाहले ‘सबैथोक पैसा होइन’

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने फिल्म ‘अनुराग’ मा नायक पल शाह अनुबन्धित हुने तयारी हुँदै थियो । तर ‘धमला पत्नीसँग पल शाहले रोमान्स गर्ने’ भन्ने समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै पल शाहले ‘अनुराग’ नगर्ने भन्ने समाचार फेरी सार्वजनिक भयो । आखिर किन त ?


‘मलाई टिम नै चित्त बुझेन’, फिल्म ‘सत्रु गते’को शुभमुर्हतमा भेटिएका पलले भने, ‘अर्को कुरा स्क्रिप्ट राम्रो हो तर त्यो स्क्रिप्ट अनुसारको फिल्म बन्छ भन्ने मै म ढुक्क भइँन् । त्यसकारण पनि अनुराग बाट बाहिरिएँ ।’ कतै पारिश्रमिकमा त चित्त नबुझेर  होइन ? पलले भने, ‘पारिश्रमिक त मैंले भने जति नै पाएको हो । तर सबैथोक पैसा मात्रै पनि त होइन नि !’ स्क्रिप्टमा भएको कुरा स्क्रिनमा नआउने डरले ‘अनुराग’ नखेलेको कुरामा उनले जोड दिए । यता पल बाहिरिएपछि ‘अनुराग’ मा नयाँ नायक भित्रिएका छन् । फिल्मलाई सत्यराज चौंलागाईंले निर्देशन गर्ने जिम्मा लिएका छन् । सुरुमा फिल्म बनाउने घोषणा गर्दा मोडल दिपक घिमिरे नायकको रुपमा थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha