‘फाटेको जुत्ता’ निर्माताले सर्वेन्द्र खनाललाई भेटेर के दिए ?

फिल्म ‘फाटेको जुत्ता’ निर्माण युनिटले राजधानीको ट्राफिक व्यवस्थापनमा सहयोग गरेको छ । निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री सोमबार हस्तान्तरण गरेका छन् ।

राजधानीको ट्राफिक व्यवस्थापन गर्न प्रहरीसँग साम्रागी पर्याप्त नभएपछि फिल्म युनिटले सक्दो सहयोग गरेको निर्माता अर्जुन कुमारले बताए । निर्माता कुमारले ३५ वटा ट्राफिक साइन वोर्ड प्रदान गरेका हुन् । ‘गो’ र ‘स्टप’ लेखिएका वोर्ड पाएपछि डिआइजी खनालले भने, हामी यसको सही सदुपयोग गर्छौ ।

सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको फिल्म ‘फाटेको जुत्ता’ यही कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई यसअघि ‘जीन्दगी रक्स ‘निर्देशन गरेका निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha