रमेश र प्रशान्त भिड्दा ‘ऐश्वर्य’ले पायो पिजी

छठ पर्वको अवसर पारी कात्तिक ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । दिवाकर भट्टराई निर्देशित यो लभ स्टोरी फिल्मलाई सेन्सर सदस्यले पिजी प्रमाण पत्र उपलब्ध गराएका छन् । किन त ?

‘द्धन्द्धका दृश्यका कारण पिजी प्रमाण पत्र दिइएको हो’, निर्देशक भट्टराई भन्छन् । १६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने फिल्ममा के द्धन्द्धका दृश्यहरु खतरनाक नै छन् त ? ‘त्यो त फिल्म नै कुर्नु पर्छ’, निर्देशक भन्छन् । जे होस् लभ स्टोरी फिल्मले पिजी प्रमाण पत्र पाउँदा ‘ऐश्वर्य’प्रति थप उत्सुकता पैदा भएको छ । फिल्ममा रमेश उप्रेती, नव नायिका दीपिका प्रसाईं, कलाकार प्रशान्त ताम्राकार र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । प्रशान्त र निर्देशक दिवाकरसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha