केकीको रोजाईमा प्रियंका र ऋचा, नायक चाहिं को त ?

नायिका केकी अधिकारीले निर्माण गर्ने फिल्म ‘कोहलपुर एक्सप्रेस’को औपचारिक घोषणा गरिएको छ । फिल्म घोषणा कार्यक्रममा नायिका तथा निर्मात्री अधिकारीले सृजनालाई शक्ति मान्दै फिल्म निर्माणमा हात हालेको बताइन् । केकीको पहिलो फिल्मलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । म्युजिक भिडियो निर्देशक भण्डारीको ‘कोहलपुर एक्सप्रेस’ पहिलो निर्देशकिय फिल्म हो ।


सपनाको कथा भनिएको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सृजना कार्की र कुसाग्र भट्टराईको मुख्य भूमिका रहनेछ । शान बस्न्यातको लेखन रहेको फिल्ममा अर्जुन तिवारीको छायाँकन, राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहनेछ । नृत्य निर्देशन गम्भिर विष्टले गर्नेछन् ।


कोहलपुर एक्सप्रेसको सम्पूर्ण जसो छायाँकन नेपालगञ्जमा हुनेछ । यही कात्तिकको दोश्रो सातादेखि छायाँकन सुरु गर्ने निर्माण पक्षको योजना छ । फिल्ममा तीन नायिका केकी, प्रियंका र ऋचा रहंदा नायकको रुपमा भने मोडल विनोद ढकाल मात्रै रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha