‘आर्या’ बन्दै शिल्पा : कृति माथि अर्को फिल्म

साहित्यिक कृति ‘आर्या’ माथि फिल्म बन्ने भएको छ । श्री तिमिल्सिना फिल्म प्रडक्सनको ब्यानरमा बन्ने फिल्ममा नायिका शिल्पा पोखरेल शिर्ष भूमिकामा प्रस्तुत हुने भएकी छिन् भने निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्दैछन् ।


धर्मराज श्रेष्ठ निर्माता रहेको ‘आर्या’ मा शिल्पासँगै कलाकारहरु अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी र निरञ्जन शर्माको अभिनय रहनेछ । दिव्यराज सुवेदीको छायाँकन रहने फिल्ममा राम सिटौलाको संगीत रहनेछ । फिल्मको छायाँकन राजधानी र राजधानी बाहिरका केही स्थानहरुमा हुनेछ । केही सातादेखि फिल्म सुरु गर्ने निर्माण पक्षको योजना छ ।

‘आर्या’ नेपाली नारीमाथि राणा कालमा भएको यौन शोषण र ज्यादतीमा आधारित छ । यो उपन्यासमाथी त्रिभुवन विश्व विद्यालय डिग्री लेभलमा थेसिस भई अमेरिका बाट अंग्रेजी संस्करणमा समेत प्रकाशन हुँदैछ । फिल्मको लेखन पनि उपन्यासकार लक्ष्मण सिटौलाले नै गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha