‘मेला’ मा एक्लो हुँदा अशिष्मालाई यस्तो भयो

यही कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मेला’ मा नायिका अशिष्मा नकर्मी सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । उनको अपोजिटमा नायक सलोन बस्नेत र आमेश भण्डारी प्रस्तुत भएका छन् । हरि पन्तको लगानी रहेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । सोलो हिरोइन भएर काम गर्दा कस्तो अनुभव भयो त ?

‘सोलो हिरोइन भएपछि काम देखाउने अवसर ठाउँ धेरै हुँने रैछ’, अशिष्माको भनाई छ, ‘अन्य फिल्ममा जस्तै यसमा पनि मैले आफ्नो काम देखाउने मौका पाएकी छु । आशा छ दर्शकले मेरो कामलाई मन पराउनु हुनेछ ।’ सलोन र आमेशसँगको आफ्नो जोडी अझ चाख लाग्दो हुने अशिष्माको आशा छ । अशिष्मा र आमेशसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

मित्रताको कथालाई रमाईलो तरिकाले उठान गरिएको ‘मेला’ले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको अशिष्मा बताउँछिन् । परिचय पाउँ बोलको लोक लयको गीत हिट हुँदै गर्दा फिल्मको प्रोमोले चर्चा पाइरहेको छ । फिल्मको प्रोमो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha