ईन्दिरादेखि सन्दिपसम्मको शुभ यात्रा साँझ, अरु को-को छन् ?

गृष्म ईन्टरटेनमेन्टले आउँदा अक्टुवर २२ तारिखमा दुबईमा ‘शुभ यात्रा साँझ’ गर्ने भएको छ । यस साँझमा गायक रामकृष्ण ढकाल, गायिका ईन्दिरा जोशी, गायक हेमन्त राणा, नायिका नम्रता सापकोटा र कलाकार सन्दीप क्षेत्री सहभागी हुँदैछन् ।

बुधबार प्रेसमिट गर्दै गृष्मका प्रमुख गेहेन्द्र घिमिरेले दुबईको साँगीतिक साँझ बारे जानकारी गराए । गेहेन्द्रका अनुसार उक्त साँझबाट उठेको रकमको केही प्रतिशत भाग अनाथ बालबालिकको सहयोगमा लगाइनेछ । विभिन्न देशमा कार्यक्रम गरिसकेका गेहेन्द्रले दुबईको कार्यक्रम पनि सफल हुनेमा विश्वसा व्यक्त गरे । यता ईन्दिरा, हेमन्त, सन्दिप र नम्रताले दुबईमा रहेका दर्शकले उक्त साँगीतिक साँझमा सहभागी हुन आग्रह गरे ।

ईन्दिराले आफुले त्यहाँका दर्शकको लागि विशेष प्रस्तुत दिने बताइन् भने हेमन्तले साइँली विशेष हुने बताए । कलाकार क्षेत्रीले आफ्नो प्रस्तुती अति नै रमाईलो हुने बताउँदा नम्रताले पनि आफ्नो नृत्य प्रस्तुती खास हुने बताइन् । प्रेसमिटमा गायक ढकाल भने उपस्थित थिएनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha