‘विरताको चिनो’ २ बन्ने, रमित ढुंगाना फाइनल भए

समय ‘२’ को छ । ‘छक्का पञ्जा २’ ले शहरमा उधुम मच्याइरहेका बेला २ थपेर फेरी अर्को नेपाली फिल्म बन्ने भएको छ । लेखक शिवम अधिकारीको निर्देशनमा ‘विरताको चिनो २’ बन्ने भएको हो । फिल्ममा रमित ढुंगाना, गणेश गिरि, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशब सापकोटा भने फाइनल भई सकेका छन् ।

बाँकी कलाकार तय गरेर माघदेखि छायाँकन सुरु गर्ने निर्माण पक्षको भनाई छ । निर्देशक अधिकारीकै लेखन रहने विरताको चिनो २ ‘कथा नालापानिको’ लाई श्याम कार्कीको प्रस्तुतिमा सुनिल लामाले निर्माण गर्न लागेका हुन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द्ध निर्देशन रहनेछ । कथा वस्तु ऐतिहासिक भएकाले फिल्मको बजेट उच्च हुने निर्माता श्याम कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha