‘ऐश्वर्य’ हेर्न आए दर्शक (फोटो तथा भिडियो)

फिल्म ‘ऐश्वर्य’ ले प्रदर्शनको पहिलो दिन दर्शकको साथ पाएको छ । छठको अवसर पारेर प्रदर्शनमा आएको यो फिल्मले आशा गरे अनुरुप नै हाउसफूलको व्यापार गरेको रिपोर्ट छ । ‘सिंगल तथा मल्टिप्लेक्समा दर्शक फूल छन्’, निर्देशक दिवाकर भट्टराई भन्छन्, ‘दर्शक प्रतिक्रिया पनि राम्रो छ ।’ ‘ऐश्वर्य’को हल रिपोर्ट हेर्नुस् :

झण्डै नब्बे बढी हलहरुबाट प्रदर्शनमा आएको ‘ऐश्वर्य’ले राजधानीका मल्टिप्लेक्समा पनि दर्शकलाई आकर्षण गरेको छ । ‘आज मल्टिप्लेक्सका सबै शोज फूल भए । भोलिको लागि शो बढाउन छलफल भैरहेको छ’, निर्देशक भट्टराई भन्छन् । फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईंको मुख्य भूमिका रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठ र सुदिप बरालको छायाँकन छ । फिल्म निर्माणमा अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतले सहकार्य गरेका छन् । विशेष शोका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha