‘मायाज बार’ पछि ‘पोखरेली काली’ मा निशा र गजितको भेट

फिल्म यामाज बारमा अभिनय गरेको पाँच बर्षपछि निशा अधिकारी र नायक गजित बिष्ट फिल्म पोखराकी कालीमा एकसाथ प्रस्तुत भएका छन् । विमल पौडेलले निर्देशित यस फिल्मको हाल चितवनमा छायाँकन भैरहेको छ ।

पूर्ण हाँस्य प्रधान यस फिल्म पोखराकी कालीमा निशा र गजितसँगै सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, बिरेन डिसी,पुष्प आचार्य, गणेश गिरि, सुसान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । रेड हाउसको ब्यानरमा निर्माण गरिएको फिल्मलाई डास्पिनाकी विश्वास (अमित) ले निर्माण गरेका हुन् । फिल्ममा संचारकर्मी रवि अधिकारी कस्टिङ डिरेक्टरको रुपमा रहेका छन् । विपिन आचार्यको संगीत, कमल राईको नृत्य, लक्ष्मण घिमिरेको छायांकन रहको फिल्ममा रबि बराइली र प्रकाश कर्माचार्यको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha