‘ऐश्वर्य’ हेरेपछि करिश्माले लेखिन्,’आँखालाई आनन्द’

सदाबहार अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘ऐश्वर्य’ हेरेकी छिन् । विशेष शोमा फिल्म हेरेपछि यी नयाँ शक्ति पाटीकी समानुपातिक सांसदमा सिफारिस सदस्यले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘धेरै पछि अँखालाई आनन्द दिने राम्रो चलचित्र हेरे ‘ऐश्वर्य’ !’ नयाँ शक्तिको चुनाव चिन्ह पनि आँखा हो ।


करिश्मासँगै ‘ऐश्वर्य’को विशेष शोमा अभिनेत्री संचिता लुईंटेल लगायत अन्य कलाकर्मी उपस्थित थिए । रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको फिल्मको ‘तिमी रोएको पल’ गीत र प्रोमोले दर्शकलाई आकर्षण गरेको थियो । अपेक्षा गरे अनुसार नै फिल्मले प्रदर्शनको पहिलो दिन हलमा दर्शक तान्न सफल भएको छ । छठमा यो फिल्मले झण्डै ४८ लाखको ग्रस कलेक्सन गरेको रिपोर्ट ।

‘ऐश्वर्य’ मा समावेश अर्जुन पोखरेलको संगीत रहेको रोमान्टिक गीत तिमी रोएको पल अहिले हिट छ । दिवाकर भट्राई निर्देशित ऐश्वर्य लभ, रोमान्स, रिभेञ्ज र एक्सनयुक्त छ । राजेश श्रेष्ठ र सुदिप बरालको छायाँकन रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी छ । उनी फिल्मका कलाकार समेत हुन् । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha