अन्ततः नोपल आइडल बुद्ध लामाले पाए कार उपहार

नेपाल आइडलका विजेता बुद्ध लामाले प्रथम पुरस्कार स्वरुप महिन्द्रा केयुभी वान ओओको कार पाएका छन् । नेपाल आइडलका प्रथम विजेता लामाले कार सँगै २० लाख रुपैयाँ पनि पाएका छन् । शुक्रबार एपी वान एचडीको बुद्धनगर कार्यालयमा एएमएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता बुद्धलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

तस्बिर : र केसी

बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि सम्झौता पनि भएको छ । बुद्धसँगै नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । कतारमा भएको ग्रान्ड फिनालीबाट बुद्ध पहिलो, निशान दोश्रो र प्रताप तेश्रो भएका थिए । एपीवनले भोटबाट विजेता घोषणा गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha