‘म यस्तो गीत गाउँछु’ लिएर कोरिया पुगे सुदर्शन र पूजा

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा कोरिया पुगेका छन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ लिएर निर्देशक र नायिका त्यसतर्फ गएका हुन् । अर्को फिल्म निर्माणको तयारीमा रहेका उनीहरु एक साताको बसाइपछि नेपाल फर्किनेछन् ।

 

राईजिङ स्टार ग्रुरुपले मृगौला पिडित अरुण गुरुङ सहयोगार्थ यहि २९ तारिख आईतबार फिल्म ‘म यस्तो गीत गाउँछु’ कोरियाको सौल सहरको सङबुक कुमिन यसङ ह्वेग्वानमा देखाउँदैछ । फिल्मको यही विशेष अतिथि बन्न सुदर्शन र पूजा शनिबार कोरियो पुगेका हुन् । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु’ले नेपाल प्रदर्शनमा राम्रो व्यापार गरेको थियो । पल र पूजासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha