‘फाटेको जुत्ता’ लाउनेले पाए नयाँ जुत्ता

आउँदो शुक्रबार, कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ टिमले शनिबार सुन्धारास्थित सिभिल मलमा आएका दर्शकलाई नयाँ जुत्ता बाँडेको छ । दुई सय ७७ जनालाई नयाँ जुत्ता बाँडिएको निर्माता अर्जुन कुमारले बताए ।


‘३७ जनाले त फाटेको जुत्ता नै ल्याउनु भएको थियो’, निर्माता कुमारले भने, ‘फाटेको जुत्ताप्रति दर्शकको उत्साह रहेको पाइयो ।’ नयाँ जुत्ता बाँड्न निर्माता कुमार सहित अभिनेता सौगात मल्ल, नायिका बर्षा राउत र निर्देशक निकेश खड्को सिभिल मल पुगेका थिए । नायिका प्रियंका कार्की भने मुम्बई रहेका कारण उक्त कार्यक्रममा सहभागी हुन पाइनन् ।


‘फाटेको जुत्ता’ ले प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको फिल्मको आइएम सरी बोलको हिट भैरहेको छ भने प्रोमोले पनि दर्शकको ध्यान तानिरहेको छ । निर्माता अर्जुन कुमारसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha