रमेशले पाए ‘ऐश्वर्य’ : यस्तो छ तीन दिनको व्यापार

कात्तिक ९ गते, छठको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ले दर्शकको साथ पाएको छ । दर्शकको साथ पाएसँगै निर्माता तथा अभिनेता रमेश उप्रेतीले ‘ऐश्वर्य’ बाट ऐश्वर्य पाएका छन् । प्राप्त जानकारी अनुसार रमेशको ऐश्वर्यले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ ।


देशका झण्डै एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको ‘ऐश्वर्य’ले पहिला दिन ४८ लाख माथिको ग्रस व्यापार गर्यो भने दाश्रो दिन ५६ र तेश्रो दिन ८० लाख माथिको व्यापार गरेको निर्माण पक्ष बताउँछ । तीन दिनको व्यापार जोड्दा एक करोड ८० लाख माथि हुन आउँछ । फिल्मको लगानी भने डेढ करोड माथि रहेको निर्माण पक्षले बताउँदै आएको छ । दिवाकर भट्टराई निर्देशित ऐश्वर्य निर्माणमा अर्जुन श्रेष्ठ, किरण राणा उप्रेती र निर्मल शर्माले सहकार्य गरेका छन् ।

‘ऐश्वर्य’ मा रमेश सहित प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । अर्जुन पोखरेलको संगीत र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठ र सदीप बरालको सिनेम्याटोग्राफी छ । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha