‘लक्ष्मी पूजा’को पहिलो गीत ‘जिन्दगी’ सार्वजनिक

दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘लक्ष्मी पूजा’को ‘जिन्दगी’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको मार्मिक गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाह, जाहन्वी बस्नेत फिचर्ड छन् । गीत हेर्नुस् :

माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत छ । समिर मियाँले निर्देशन गरेको फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । फिल्ममा जाहन्वी बस्नेतको दोहोरो भुमिका रहेको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्माण गरेका हुन् । जय दर्लामी मगरले छायांकन गरेको फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका छन् । यो फिल्म हल खुलेन भने डिसहोमबाट प्रर्दशन गरिने छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha