९३ औं अस्करको लागि आवेदन खुल्ला

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३ औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै अस्कर प्रतिस्पर्धामा सहभागि हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ ।

अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । यसअघि फ्रेब्रुअरीमा हुदै आएको अवार्ड कोरोना कहरका कारण दुई महिना पछाडी सरेको छ । कारोनाकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको छ । अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल कारोनाका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने भएका छन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त फिल्म हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ ।

नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha