यस्तो छ इमरानको ‘हरामी’को ट्रेलर

बलिउड अभिनेता इमरान हाशमीको फिल्म ‘हरामी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियल किसरको रुपमा परिचित अभिनेता हाशमी यो फिल्ममा फरक भुमिकामा प्रस्तुत भएका छन् । ट्रेलर हेर्नुस् :

ट्रेलरमा मुम्बईको गल्लीमा बस्ने बच्चाको अपराधको दुनियाँमा पुर्याउने एक अपराधीको कहानी छ । इमरानले फिल्ममा बच्चालाई डराएर धम्काएर चोरी र पाकेटमारी गराउन लगाउछन् ।

श्याम मदिराजूको लेखन तथा निर्देशन रहेको फिल्ममा इमरानसँगै रिज्वान शैख, दनश्री पटेल, हर्ष राजेन्द्र राने, आशुतोष गैक्वड, मनिष मिश्रा दुर्गेश गुप्ता, अदित्य भगत, दिक्षा, निशा र अदिल खानको अभिनय छ । २१ अक्टोबरको बुसान फिल्म फेस्टिवलमा फिल्मको वल्र्ड प्रिमियर हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha